मन्त्रिपरिषद् विस्तार आज गर्छु : देउवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् विस्तार आज गर्छु  : देउवा

सारांश

  • श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार (आज) गर्ने जनाएका छन्।
  • देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका हुन्।
  • आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए।

श्रावण १०, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै मंगलबार (आज) गर्ने जनाएका छन्। देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी गराएका हुन्।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए। दाहालले मन्त्रिपरिषद् विस्तारमा धेरै ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका थिए। माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा भने अझै टुंगो लाग्न सकेको छैन। कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का पक्षबाट एक/एक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ। पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ। यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोहोर्‍याउन नहुने दबाब पौडेल पक्षमा छ।

सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ। प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौधौ परेको छ। मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टी भित्रैबाट देउवालाई तीव्र दबाब छ। देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ। फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ। कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी सोमबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?