बुवाआमाबिचको यौन सम्बन्धको कथा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बुवाआमाबिचको यौन सम्बन्धको कथा

सारांश

  • विशेष गरी पूर्वीय संस्कारमा यौनका विषयमा खुलेर चर्चा प्रायः हुँदैन ।
  • बन्द कोठा र अँध्यारो छायामा यौन व्याप्त छ र यो सबैलाई थाहा छ तर यसबारे खुलेर कुरा गर्नु लाजको विषय बन्छ विशेषतः भारतीय र नेपाली समाजमा ।
  • त्यसमाथि आमाबुवाको यौन जीवनका बारेमा कुराकानी गर्नु त परको कुरा कायम छ भन्ने कुरा पनि लाजको रुपमा लिन्छन् ।

विशेष गरी पूर्वीय संस्कारमा यौनका विषयमा खुलेर चर्चा प्रायः हुँदैन । बन्द कोठा र अँध्यारो छायामा यौन व्याप्त छ र यो सबैलाई थाहा छ तर यसबारे खुलेर कुरा गर्नु लाजको विषय बन्छ विशेषतः भारतीय र नेपाली समाजमा । त्यसमाथि आमाबुवाको यौन जीवनका बारेमा कुराकानी गर्नु त परको कुरा कायम छ भन्ने कुरा पनि लाजको रुपमा लिन्छन् । तर आमाबुवाबिच प्रेम छ भने पक्कै यौन सम्बन्ध पनि, यो सबैलाई थाहा हुन्छ । मात्रैरुपमा स्वीकार गर्ने वा त्यसलाई सामान्यरुपमा लिने खुबी सायदै कसैमा होला । त्यसमाथि पनि आफ्नो बिहे गर्ने बेलामा बुवाआमाको प्रेमको निशानी स्वरुप भाइ वा बहिनी आउने तय भयो अर्थात आमा गर्भवती भइन् भने त फसादको कुरा ।

यस्तोमा अधबैँसे बुवाआमा र हुर्किएका छोराछोरीका लागि लाजको कुरा बन्छ आउँदै गरेको नयाँ सदस्य । समाजले गर्ने व्यवहार या सामाजिक लाजको कारण बन्छ प्रेम । यहि विषयलाई सहज रुपमा प्रस्तुत गरिएको चलचित्र अहिले भारत तथा नेपालसहितका विभिन्न सिनेमा घरमा प्रदर्शन भइरहेको छ र राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्र हो, ‘बधाई हो’ ।दिल्लीको एक परिवारको कथा हो ‘बधाई हो’ । प्रियम्वदा कौशिक र जीतेन्द्र कौशिक बिहे गर्ने उमेरको छोरा नकुल र किशोरावस्थामा प्रवेश गरेको अर्को छोरा गुलारसँगै बसोबास गर्छन् । परिवारमा छन् प्रायः सबै सामाजिक विषयमा स्पष्ट विचार भएकी नकुल र गुलारकी हजुरआमा अर्थात जीतेन्द्रकी आमा । नुकल (आयुषमान खुराना) रेनी (सान्या मल्होत्रा) सँग प्रेम सम्बन्धमा छन् । गुलारले घरमा छुट्टै कोठाको माग गरिरहेका छन् । निकै प्रेमिल जोडी देखिन्छ प्रियम्वदा (नीना गुप्ता) र जीतेन्द्र (गजराज राव) को । उनीहरुबिच प्रेम छ र पक्कै यौन सम्बन्ध पनि । परिवारमा समाजले के भन्छ भन्ने प्रश्न आउँछ त्यो बेला जब प्रियम्वदा गर्भवती भएको खबर थाहा हुन्छ ।

यसमा समाजले गर्ने व्यवहार, कौशिक परिवारले झेलेका विविध पाटा तथा यससँग जोडिएर आउने अरु कुराहरुको समग्र रुप बनेको छ चलचित्र । रहेक कलाकारले आफ्नो भूमिकामा पूर्ण न्याय गरेको देखिन्छ ।त्यसमाथि निर्देशक अमित रवीन्द्रनाथ शर्माले समाजमा रहेको तर कुरा गर्न अनकनाउने विषयलाई सरल र सुन्दर तवरले प्रस्तुत गरेका छन् । शान्तनु श्रीवास्तव, अक्षत गिल्डियल र ज्योती कपूरले लेखेको कथा चलचित्रको सबैभन्दा बलियो पक्ष बनेको छ । आयुषमान र सान्याको अभिनय उत्कृष्ट छ । यस्तै आयुषमानको भाइको भूमिकामा रहेका शार्दुल राणाले पनि उत्कृष्ट काम गरेका छन् । चलचित्रका केन्द्रीय पात्र हुन् अधबैँसे दम्पतीको भूमिकामा रहेका गजराज र नीना । उनीहरुले निकै सहज रुपमा आफ्नो भूमिकालाई उत्कृष्ट रुप दिएका छन् ।

त्यो भन्दा अब्बल पक्ष चलचित्रमा हजुरआमाको भूमिकामा रहेकी सुरेखा सीकरीको अभियन । हजुरआमाको भूमिकामा रहेकी सीकरीका हरेक सम्वादमा दर्शकको हुटिङ्ग आउँछ । उनले अति नै सहज रुपमा उत्कृष्ट प्रस्तुति दिएकी छन् । अभिनयसँगै चलचित्रको लोकेशन सेटिङ्ग र समेटिएको दिल्लीको परिवेशले पनि अब्बल बनेको छ । सबै समीक्षकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिनुमा सुरेखा, गजराज, नीना, आयुषमान, सान्या, शार्दुल सहितका कलाकारको अभियानसँगै यसको प्रस्तुति र कथा प्रमुख बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
भूकम्प अपडेट : जाजरकोटमा मात्रै ३७ को मृत्यु, सयौँ घाइते
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
युट्युबमा भएको भिडियो हेर्दा महिलाकाे मृत्यु !
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
२० सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार
एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी
एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न

तपाईंले छुटाउनुभयो कि?