स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
स्थानिय तहको चुनाव र सामाजिक रुपान्तरण

सारांश

  • -के बि महरा, मुलुकले यतिबेला लामो दशकको अन्तरालपछी स्थानिय तहको चुनाव गराउने सु-अवसरको थालनी सङ्गै अघि बढिसकेको छ।
  • देशका २ न प्रदेश बाहेकका सबै क्षेत्रमा चुनाव सम्पन्न भैसकेकोछ भने क्षेत्र न २ मा समेत सम्पुर्ण तयारी पूरा भैसकेको अवस्था छ।
  • सदरमुकाम केन्द्रीत विकाश गाउँघर सम्म पुर्याउने मार्गको थालनी भएसङ्गै जताततै हर्षोल्लासको वातावरण सृजना भैरहेको छ।

-के बि महरा,
मुलुकले यतिबेला लामो दशकको अन्तरालपछी स्थानिय तहको चुनाव गराउने सु-अवसरको थालनी सङ्गै अघि बढिसकेको छ।देशका २ न प्रदेश बाहेकका सबै क्षेत्रमा चुनाव सम्पन्न भैसकेकोछ भने क्षेत्र न २ मा समेत सम्पुर्ण तयारी पूरा भैसकेको अवस्था छ।
सदरमुकाम केन्द्रीत विकाश गाउँघर सम्म पुर्याउने मार्गको थालनी भएसङ्गै जताततै हर्षोल्लासको वातावरण सृजना भैरहेको छ। स्थानिय तहको बिकासका निम्ति स्थानिय गाउँ,समाजकै उपस्थिती तथा प्रत्यक्ष संलग्नता रहने हुँदा यसमा जनतालाई आशगर्ने थुप्रैठाउँहरु समेत भेटिएका छन्।
स्थानिय निकायको चुनाव पछि मुलुकमा पुर्णतया संघियताकार्यान्वयनमा जाने हुँदा यसको विशेष महत्व हुन्छनै र पनि यसका थुप्रै चुनौतिहरु भने नभएका पक्कै होईनन्। स्थानिय चुनाव भैसकेका लगभग सबैक्षेत्रहरुमा जनप्रतिनिधी हरुले कार्य आरम्भ गरिसकेका छन्।
स्थानिय ब्यक्तिहरुकै प्रत्यक्ष संलग्नातामा आफ्नो गाउँसमाज आफै निर्माण गर्न मिल्ने र समस्या पहिचानमा सजिलो पर्ने हुँदा पनि यस्ले विशेष महत्व बोकेको छ।बिकाश निर्माणका हरेक कुराहरुमा केन्द्र सरकारकै मुख ताक्नुपर्ने परनिर्भरताको अन्त संङ्गै स्थानिय तहको जिम्मा स्वयम् स्थानिय वासिहरुकै सकृयता तथा संलग्नतामा बन्न पाउने हुँदा पनि यो प्रकृया अलि बढि प्रभाकारी बन्ने आशसङ्गै थुप्रै चुनौतिहरु समेत हाम्रो अघि उभिएका छन्।
तपाईं हामी मिलि समाज विकासका लागि बाधक हरेकखालका चुनौतिहरुको सामना गर्न एकजुटभै लाग्नुपर्ने हुन्छ। तेतिमात्र नभै जनप्रतिनिधी हरलाई बेलाबेलामा आफ्नो जिम्मेवारीप्रती सजक गराई रहने र सहकार्यलाई जोडदिँदै मिलेर अघि बढे समग्र समाजले नै नौलो परिवर्तनको आभाष गर्नेछ।
समाजको दिर्घकालिन बिकाशकालागी आम युवा शक्ति जागरुक हुन जरुरी छ।आफ्नो गाउँसमाज निर्माणको अविभारा पूरागर्न सबैको साथ र सहयोग रहे गर्नै नसकिने भन्ने केहिपनी हुँदैन।त्यसैले परनिर्भरता हुन छोडि सहकार्य र हातेमालो गरे समाजका साथै समग्र देश बिकाश गर्न सहयोग पुग्थ्यो कि,,?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?