बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३० पटक हेरिएको
Shares
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा

सारांश

  • १४ माघ, काठमाण्डौ ।
  • सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको छ ।
  • कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयालाई निरन्तरता दिदै बेरोजगार भत्ता दिने निर्णय गर्न लागेका हुन् ।

१४ माघ, काठमाण्डौ । सरकारले बेरोजगार युवालाई मासिक भत्ता दिने निर्णय गर्ने तयारी गरेको छ ।

कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले शेरबहादुर देउवाले महत्वपूर्ण निर्णयालाई निरन्तरता दिदै बेरोजगार भत्ता दिने निर्णय गर्न लागेका हुन् ।

प्रधानमन्त्री हुनासाथ सुरुमा निर्वाचन आचारसंहिताले केही काम गर्न नपाएको भन्दै देउवाले चुनाव सकिएलगत्तै आफ्नो योजनामा रहेका विषय निर्णय गरेर कार्यान्जयनमा लैजान लागेको बताइएको छ ।

लामो सयम सरकारमा रहँदा उत्पादनलाई मात्रै प्राथमिकता दिएकाले अब वितरणलाई पनि ध्यान दिनुपर्ने कांग्रेसभित्रैबाट पनि आवाज उठेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि राष्ट्रको ढुकुटी बढाउन योगदान दिएको कांग्रेसले अहिले केही वितरणमुखी कार्यक्रम ल्याउनु स्वभाविक भएको बताएक छन् ।

आइतबार विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले कांग्रेसले राष्ट्रको ढुकुटीमा पैसा बढाउनका लागि मूल्य अभिवृद्धि करको नीति ल्याएर अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै अहिलेको सरकारले गरेका निर्णयको आलोचना गर्नुको औचित्य नरहेको स्पष्ट पारेका थिए ।

अहिल मन्त्रिपरिषदमा बेरोजगार भत्ता मासिक २ हजार रुपैयाँ दिने, शैक्षिक प्रोत्साहन भत्ता दिनेलगायत दर्जनभन्दा बढी प्रस्ताव अडकिएका छन् । ति प्रस्तावलाई निर्णय गर्ने तयारीमा देउवा रहेको बताइएको छ ।

सामुदायिक विद्यालयको प्राथमिक तहमा पढ्ने छोराछोरीका आमालाई प्रोत्साहन भत्ता दिने प्रस्ताव अघि सारिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
कोरिया बासीको लागि खुशीको खबर, अब नेपाल पठाउदा फाईदै फाईदा
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री  ओली
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली
पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना
पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी पुल्चोकमा दुर्घटना
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
न्यून चापीय प्रणालीको प्रभाव, पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु
आजको राशिफल
आजको राशिफल
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
भक्तपुरमा हामीसँग प्रतिस्पर्धा गर्ने दल नै छैन : बिजुक्छे
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !
काँग्रेस नेता रामचन्द्र पौडलले मतदान गरे !

तपाईंले छुटाउनुभयो कि?