बैठक सञ्चालनका लागि सदस्य अनुमोदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
बैठक सञ्चालनका लागि सदस्य अनुमोदन

सारांश

  • पोखरा, २२ माघ , पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ ।
  • बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।
  • उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ ।

पोखरा, २२ माघ , पोखरामा सम्पन्न प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँचजना सदस्यको नाम अनुमोदन गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले राख्नुभएको त्यससम्बन्धी प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

उहाँहरूमा गायत्री गुरुङ, टेकबहादुर घर्ती मगर, धनमाया पोखरेल लामा, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदी गुरुङ रहनुभएको छ ।

प्रदेशसभा सञ्चालन आन्तरिक कार्यविधिअनुसार सभामुखको निर्वाचनका लागि आगामी फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजेको समय तोकिएको ज्येष्ठ सदस्य श्रेष्ठले बैठकलाई जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि प्रदेशसभाका सचिव जीवराज बुढाथोकीलाई आजै उक्त कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न उहाँले निर्देशन दिनुभयो ।

एक घण्टा ४३ मिनेट चलेको उक्त बैठकमा पृथ्वी सुब्बा गुरुङ, कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, कृष्ण थापा, हरिशरण आचार्य, किरण गुरुङ, दोबाटे विश्वकर्मा, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले दलगत रुपमा बैठकलाई सम्बोधन गर्नुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक फागुन ३ गते बिहीबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Prabina Ghale

    मन कुमारी ,मित्र कुमारी,गायत्री किन परीन खोजी बिषय

    Comment Author

    Prabina Ghale

    गुरुङ ,गुरुङ , गुरुङ…………………………………………………….मात्र पछी?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?