बोराभित्र महिलाको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बोराभित्र महिलाको शव भेटियो

सारांश

  • दमौली ।
  • तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ ।
  • उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।”

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भने। उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?