दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा

सारांश

  • दीपिका पादुकोणपछि उनका पहिलो ब्वाइफ्रेण्ड निहार पांड्याले पनि चाँडै विवाह गर्ने भएका छन्।
  • निहारको विवाहको तयारी पूरा भइसकेको छ।
  • उनी बलिउड गायिका नीति मोहनसँग विवाह बन्धनमा बाँधिदै छन्।

दीपिका पादुकोणपछि उनका पहिलो ब्वाइफ्रेण्ड निहार पांड्याले पनि चाँडै विवाह गर्ने भएका छन्। निहारको विवाहको तयारी पूरा भइसकेको छ। उनी बलिउड गायिका नीति मोहनसँग विवाह बन्धनमा बाँधिदै छन्। उनीबीच फेब्रुअरी सातमा विवाह बन्धनमा बाँधिने भारतीय संचारमाध्यमले जनाएका छन्। यद्यपी दुवैले आफ्नो विवाहको विषयलाई निकै गोप्य राखेका छन्। निहार पांड्या र नीति मोहन विगत चार वर्षदेखि डेटमा छन्। यद्यपी अहिलेसम्म सार्वजनिक रुपमा उनीहरुले आफ्नो सम्बन्धका विषयमा स्वीकार गरेका छैनन्। निहार पहिला दीपिका पादुकोणका ब्वाइफ्रेण्ड थिए। यी दुईबीच १३ वर्ष पहिला भेट भएको थियो।
भारतीय संचारमाध्यमका अनुसार करियरको सुरुवातमा निहार पांड्या दीपिकाका ब्वाइफ्रेण्ड थिए। २००५ मा यी दुईको भेट एक अभिनय सिकाउने स्कुलमा भएको थियो। निकै चाँडै यी दुईबीचको दोस्ती रोमान्समा परिवर्तन भएको थियो। तीन वर्षसम्मको लिभइन रिलेशनपछि दीपिकाले मुभअन गर्ने फैसला लिइन र निहारसँग ब्रेकअप लिइन्। करियरको सुरुवाती दिनमा दीपिका निहारको घरमा नै बस्थिन्। निहारसँग दीपिकाको ब्रेकअप रणवीर सिंहसँग दीपिका प्रेममा परेपछि भएको थियो।
नीतिका हुनेवाल पति निहार पांड्या जनवरी २०१९ मा कंगना रनोटको फिल्म मणिकर्णिकाबाट बलिउडमा डेब्यू गर्दैछन्। यो फिल्ममा निहारले बाजीराव द्वितीयको भूमिका निर्वाह गर्दैछन्।
उक्त भूमिकाकालागि निारले अभिनयकासाथै मार्शल आर्ट, हर्स राइडिङ र वेट लिफ्टिङको तालिम पनि लिएका थिए। जबकि नीति बलिउडकी चर्चित गायिका हुन्। नीति बाहेक उनकी बहिनी शक्ति मोहन पनि चर्चित कोरियोग्राफर हुन्।

एजेन्सी।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….
ग्याँस सिलिण्डर लिक भएर पड्किदा ३६ जना घाइते….
सुन तस्करीमा सघाउने एसएसपी पक्राउ
सुन तस्करीमा सघाउने एसएसपी पक्राउ
डडेल्धुरामा राति ९ बजेदेखि मतगणना सुरु हुने
डडेल्धुरामा राति ९ बजेदेखि मतगणना सुरु हुने
युवाहरुको व्यापक सहभागितामा प्रदेश युवा सम्मेलन आजदेखि धनगढीमा शुरु
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
संघीयताको टेको खुस्काउने प्रयास भैरहेको छ : प्रधानमन्त्री ओली
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !
सैनिक शिविरमा आक्रमण, ४५ सैनिकको को मृत्यु !
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे