भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७८
|
|
४९ पटक हेरिएको
Shares
भक्तपुरको इन्द्रायणी मन्दिरबाट कसले चोर्यो सयौ वर्ष पुराना सामग्री ?

सारांश

  • भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडानम्बर ४ मा रहेको इन्द्रायणी मन्दिरबाट हिजो सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी भएका छन् ।
  • मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको हो ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडानम्बर ४ मा रहेको इन्द्रायणी मन्दिरबाट हिजो सयौँ वर्ष पुराना महत्त्वपूर्ण सरसामग्री चोरी भएका छन् ।

मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय सांस्कृतिक एवम् नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको हो । यस्तै मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, सालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको नाच गुरु श्रेष्ठले जानकारी दिनुभयो ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै थप अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । चोरी भएका सामान र गिरोहको खोजी भइरहेको उहाँको भनाइ छ ।

केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु समेत चोरी भएको थियो । पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोह नै सक्रिय भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?