आज दुई बजेपछि भरतपुर फैसला

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
४३ पटक हेरिएको
Shares
आज दुई बजेपछि भरतपुर फैसला

सारांश

  • काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज दुई बजेपछि आउने भएको छ ।
  • मतगणना सुचारु गर्नुपर्ने मागसहित आइतबार सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज दुई बजेपछि हुने भएको हो ।
  • उक्त मुद्वाको बेञ्च न्यायाधिश चोलेन्द्र शमशेर जवराको इजलासमा परेको छ ।

काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला आज दुई बजेपछि आउने भएको छ । मतगणना सुचारु गर्नुपर्ने मागसहित आइतबार सर्वोच्च आदालतमा परेको रिट निवेदनको सुनुवाई आज दुई बजेपछि हुने भएको हो ।

उक्त मुद्वाको बेञ्च न्यायाधिश चोलेन्द्र शमशेर जवराको इजलासमा परेको छ । चोलेन्द्रको एकल इजलासले सभंवत आजै उक्त मुद्वाको किनारा लगाउने छ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी सोमबारका लागि तोकिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर १९ मा च्यातिएका मतपत्र बदर गरी मतगणना सुचारु गर्न ध्यानाकर्षण गराउँदै संसद अबरुद्ध गरिरहेको छ । मतगणना चलिरहेको बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता भने धरौटीमा छुटिसकेका छन् । केही दिनअघि निर्वाचन आयोगले भरतपुर १९ मा पुनः निर्वाचन गराउने निर्णय गरेपछि एमालेले उक्त निर्णयको विरोध गर्दै आएको छ।

भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
मुख्यमन्त्री टुंगो लगाउन वाम गठबन्धनको कार्यदल बैठक भोलि
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
आफ्नै साथी को मोटरसाइकल चोरी गर्ने यादव पक्राउ
आफ्नै साथी को मोटरसाइकल चोरी गर्ने यादव पक्राउ
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
प्रधानमन्त्री ओलीलाई बाबुरामको प्रश्न : भारतीय राजदूतलाई किन स्पष्टीकरण नसोधेको ?
ओशो यस शताब्दिका बुद्ध
ओशो यस शताब्दिका बुद्ध
चैतमै सकिए ९५ प्रतिशत योजना
चैतमै सकिए ९५ प्रतिशत योजना
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
यसकारण गोरखा–१ मा चीनकाजीभन्दा हरि अधिकारी निकै ‘दर्बिलो’
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य
पाेखरा प्रिमियर लिग: बुटवल ब्लास्टर्सलाई १ सय ७३ रनको लक्ष्य