ल्वाँङका फाइदै–फाइदा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
ल्वाँङका फाइदै–फाइदा

सारांश

  • काठमाडौं, माघ १५ (नागरिक)–मसलाको रुपमा प्रयोमा ल्याइने ल्वाँङमा धेरै किसिमका रोग निर्मुल पार्ने गुण हुन्छ ।
  • यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन् ।
  • यसको तेल एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ ।

काठमाडौं, माघ १५ (नागरिक)–मसलाको रुपमा प्रयोमा ल्याइने ल्वाँङमा धेरै किसिमका रोग निर्मुल पार्ने गुण हुन्छ ।यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन् ।

यसको तेल एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक भएपनि यसोको मात्राबारे भने सचेतना अपनाउनु जरुरी हुन्छ ।

सर्दीको मौसममा यसको बिशेष महत्व रहन्छ । यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।

दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ ।

ल्वाङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक सेवन गर्नाले सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ ।
ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलैचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सकिन्छ । ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ ।

पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन । ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
तीन उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले लिए सपथ
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
नेपाल टेलिकमको सबै प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
वडाध्यक्ष पुर्पक्षका लागि थुनामा
प्रधानमन्त्रीले किन राखे आकष्मिक मन्त्रिपरिषद बैठक ?
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु