यसरी हुँदैछ आज नेकपाको चियापान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
यसरी हुँदैछ आज नेकपाको चियापान

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (आज) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्दैछ ।
  • काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ।

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार (आज) शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्दैछ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको नेकपाले जनाएको छ।

पार्टीका महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको उल्लेख छ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषता अनि लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबूत बनाउने पनि विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?