रुसी लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १, २०७९
|
|
४० पटक हेरिएको
Shares
रुसी  लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

सारांश

  • काठमाडौँ ।
  • रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
  • रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो ।

काठमाडौँ । रुसी एसयु ३४ लडाकु विमान दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । रुसको तास समाचार संस्थाले विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको हो ।

आपतकालीन अवस्था मन्त्रालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेअनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलमा थप १० शवहरू फेला पारेका छन् । मृत्यु हुनेमध्ये तीन जना बालबालिका समेत रहेको जनाइएको छ ।

दुर्घटनामा अरु १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको तासले उल्लेख गरेको छ । दुर्घटनास्थलबाट ६८ जनाको उद्धार गरिएको थियो भने ३६० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।

यसअघिका समाचारमा रुसको दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको उल्लेख गरिएको थियो ।

चालक दलले उडान भर्ने क्रममा इन्जिनमा आगो लागेको जानकारी दिएका थिए । तासका अनुसार विमानको आगो नजिकैको नौ तले आवासीय भवनमा फैलिएको थियो ।

दुर्घटनाबाट १७ वटा अपार्टमेन्टमा क्षति पुगेको छ । रुसी अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
किन गएनन् देउवा पौडेलको चियापानमा?
किन गएनन् देउवा पौडेलको चियापानमा?
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
संसद भवनमा भगवान खोज्दै सांसदहरु!
संसद भवनमा भगवान खोज्दै सांसदहरु!
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
मन्त्री पाण्डेमाथि कांग्रेसकै सांसदले भ्रष्टाचारको आरोप लगाएपछि भाँडभैलो
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट
डेब्यू गरेका सन्दिपले लीए पहिलो ओभर मै दुई विकेट
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल
व्यवस्था उल्ट्याउन खोज्नेहरुविरुद्ध जनस्तरबाटै प्रतिरोध आवश्यक छ : प्रधानमन्त्री दाहाल