दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
३१ पटक हेरिएको
Shares
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते

सारांश

  • विराटनगर ।
  • सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप भएको छ ।
  • झडप हुँदा गोली चलेपछि एक जना घाइते भएका छन् ।

विराटनगर । सीमावर्ती क्षेत्रमा दुई समूहबीच झडप भएको छ । झडप हुँदा गोली चलेपछि एक जना घाइते भएका छन् ।

स्रोतका अनुसार नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै भारतको जोगबनी–४ टिकुलिया बस्तीमा दुई समूहबीच गोली हानाहान भएको हो ।

प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको थियो ।

एउटा समूहको प्रहारबाट अर्को समूहका सदस्य टिकुलिया वस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ ।

भारतीय नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ । सिंह खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने गिरोहका सदस्य रहेका प्रहरी स्रोतले बताएको छ । उक्त घटना
भारतीय क्षेत्रमा भएका कारण नेपाल प्रहरीले प्रतिक्रिया भने जनाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?