भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित

सारांश

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
  • कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
  • सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए । नेकपाका नेता भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज (बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । यो बैठक स्थगित भएको सूचना नेताहरुलाई दिइएपनि अर्काे बैठकको मिति निश्चित गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?