माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै राख्ने………..

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
माओवादी केन्द्रले चुनावभर मधेसमा पार्टी ‘हेडक्वार्टर’ नै  राख्ने………..

सारांश

  • १८ साउन, काठमाडौं ।
  • दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ ।
  • अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ‘हेडक्वार्टर’ मधेसमै राख्न लागिएको हो।

१८ साउन, काठमाडौं । दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी ‘हेडक्वार्टर’ नै मधेसमा राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी ‘हेडक्वार्टर’ मधेसमै राख्न लागिएको हो।

माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि ‘हेडक्वार्टर’ नै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता श्रेष्ठ र थापालगायत नेता भदौ पहिलो सातादेखि मधेसमै केन्द्रित हुनेछन् । पार्टी बैठक र प्रशिक्षण सकेर मंगलबार काठमाडौं फर्के पनि नेता फेरि एक सातापछि नै मधेस झर्ने योजना बनेको छ ।

‘अध्यक्षलगायत शीर्ष नेता चुनाव हुने दिनसम्मै मधेसमै बाक्लो उपस्थिति जनाई परिचालित हुनुहुन्छु,’ साहलले भने ।

दाहाल, श्रेष्ठ र थापा मात्रै होइन, दुई नम्बर प्रदेशका आठै जिल्लामा जिल्लाले मागेका जुनसुकै शीर्ष नेतालाई जिम्मेवारी नै तोकेर परिचालन गर्ने योजना पनि माओवादीले बनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?
तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?
कमरेड मलाई माफ गर !
कमरेड मलाई माफ गर !
शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
ओलीसामु देउवाको सोझो प्रस्ताव- संविधान संशोधन र सत्तामा सहकार्य
अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
अदालतको फैसला बमोजिम मनाङेलाई खोज्न प्रहरी टोली परिचालन
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
भूमि सुधारमन्त्री आक्रमक, सरकारी जग्गामा बोर्ड राखियो
भूमि सुधारमन्त्री आक्रमक, सरकारी जग्गामा बोर्ड राखियो
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको प्रष्ट छः राजनीतिक विश्लेषक डा.केसी
रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको प्रष्ट छः राजनीतिक विश्लेषक डा.केसी

तपाईंले छुटाउनुभयो कि?