भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २६, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
  • सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।
  • केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।

भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।–सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
नक्शामा सीमा मिचिएको बारे प्रदेश सरकारको बल्ल भयो ध्यानाकर्षण
पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थपिए २१२० कोरोना संक्रमित
देशको अर्थतन्त्र संकटतर्फ : ओली
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
गायक तथा संगीतकार सुभाष प्रधानलाई सम्मान प्रदान
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
महानगरले तोक्यो पार्किङ शुल्क, मोटरसाइकललाई २५ र कारका लागि प्रतिघण्टा ८० रुपैयाँमात्र
नदीमा बेपत्ता बालक मृत फेला
नदीमा बेपत्ता बालक मृत फेला
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकार प्रतिबद्ध भएर लाग्ने राष्ट्रपतिको विश्वास (पूर्णपाठ)
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो
बिन्ती कुमार र शान्तिश्री परियारले ल्याए घुम्दै घुम्दै आको गीतको भिडियो

तपाईंले छुटाउनुभयो कि?