भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ सुजुकी कप
सारांश
- काठमाडौ ३०,भदौ।
- भारतलाई २-१ गोल अन्तर ले पराजित गर्दै माल्दिभ्सले साफ सुजुकी कप २०१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
- शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा माल्दिभ्सले अघिल्लो संस्करणको विजेता भारतलाई २–१ गोलले हराउदै दोस्रो पटक उपाधि जितेको हो।
काठमाडौ ३०,भदौ।भारतलाई २-१ गोल अन्तर ले पराजित गर्दै माल्दिभ्सले साफ सुजुकी कप २०१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा माल्दिभ्सले अघिल्लो संस्करणको विजेता भारतलाई २–१ गोलले हराउदै दोस्रो पटक उपाधि जितेको हो।माल्दिभ्सले यसअघिसन् २००८ को फाइनलमा भारतलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
शनिबार माल्दिभ्सका लागि इब्राहिम हुसेनले १९ मिनेटमा पहिलो गोल गरेका थिए,६६ मिनेटमा माल्दिभ्सले अग्रता दोब्बर पार्यो। उसका लागि अलि फासिरले डिबक्स भित्रबाट गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा भातरका सुमित पासीले गोल गरेपनि खेलमा फर्कन ढिला भइसकेको थियो।
यसअघि माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो। भारतले भने पाकिस्तानलाई हराएर फाइनलमा पक्का स्थान गरेको थियो।
प्रतिक्रिया