भारतीय अभियुक्त छुटाउन प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड गाेली चल्याे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतीय अभियुक्त छुटाउन  प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड  गाेली चल्याे !

सारांश

  • पर्सा, २४ वैशाख ।
  • पर्सामा आज(सोमबार) बिहान गाउँपालिका उपाध्यक्ष नेतृत्वको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन्।
  • जिल्लाको जिरा भवानीपुर गाउँपलिका–१, चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

पर्सा, २४ वैशाख । पर्सामा आज(सोमबार) बिहान गाउँपालिका उपाध्यक्ष नेतृत्वको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन्।

जिल्लाको जिरा भवानीपुर गाउँपलिका–१, चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ।

रक्सी खाएर एउटै मोटरसाईकलमा चढेका चार भारतीय नागरिक र मोबाइल चोरीमा संलग्न दुई जनालाई छुटाउन स्थानीय बासिन्दाको समूह लिएर जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेढवा पुगेकी थिइन्। त्यस क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो।

झडपमा परी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी जवान यादवको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना चढेको फेला पारेपछि आइतबार राति नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखिएको थियो । साथै प्रहरीले मोबाइल चोरीमा संलग्न आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाहरूलाई छुटाउन पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच निक्कै बेर विवाद भयो । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयको प्रतीक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाइफायर गरेको थियो।

साथै प्रहरीले २३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ। आक्रोशित स्थानीय बासिन्दाले प्रहरीको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाइदिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको गाडीसमेत स्थानीय बासिन्दाले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Keshab Dhakal

    Tesko natho rahexaki k ho…?

    Comment Author

    Rudra Ghimire

    Back of india

    Comment Author

    Khim Bhusal

    Makai hadi ma bhute jhai dhoti lai bhutnu sakdaina police kina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?