भोलीबाट साझा चल्ने (रुटसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३६ पटक हेरिएको
Shares
भोलीबाट साझा चल्ने (रुटसहित)

सारांश

  • काठमाडौ, ३१ असार ।
  • भोलीदेखि साझा यातायातले उपत्यकामा बस संचालन गर्ने भएको छ ।
  • सरकारको मापदण्ड पुरा गरेर सार्वजनिक यातायात संचालन गर्न दिने निर्णयपछि साझा बसले ८ रुटमा २६ बस संचालनमा ल्याउन लागेको हो ।

काठमाडौ, ३१ असार । भोलीदेखि साझा यातायातले उपत्यकामा बस संचालन गर्ने भएको छ । सरकारको मापदण्ड पुरा गरेर सार्वजनिक यातायात संचालन गर्न दिने निर्णयपछि साझा बसले ८ रुटमा २६ बस संचालनमा ल्याउन लागेको हो ।

बिहीबारदेखि २६ वटा बसले सेवा शुरु गर्ने र पछि आवश्यक परेमा अन्य बस थप्ने साझाको योजना रहेको छ । साझाले बसलाई हरेक बिहान सेनिटाइज गर्ने बताएको छ । यात्रुलाई पनि अनिवार्य रुपमा माक्स प्रयोग गर्न साझाले आग्रह गरेको छ ।

साझाका बसहरु संचालन हुने रुटहरु

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
लगनखेल, सातदोबाटो, कंलकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेस्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भु हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सुर्यविनायक
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?