भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

सारांश

  • काठमाडाैं।
  • अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन्।
  • आइतबार बिशेष अदालतमा बयानका लागि हाजिर हुनुभएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो।

काठमाडाैं। अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन्।

आइतबार बिशेष अदालतमा बयानका लागि हाजिर हुनुभएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

आइतबार दिनभर भएको बयानपछि थुनछेक आदेश भएको उनले बताए। उनले उक्त प्रकरणमा ७ जना अदालत उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकी रहेको जानकारी दिए।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरण तत्कालीन मुख्यसचिवसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    eco-flow

    Somebody essentially lend a hand to make significantly articles Id state That is the very first time I frequented your website page and up to now I surprised with the research you made to make this actual submit amazing Wonderful task

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
मनाेरञ्जन समाचार : हेमा मालिनी हेलिकप्टरबाट उत्रिन्…अनि गहुँ काट्न थालिन्
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना घाइते
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान
विकासमा समर्पित हुन प्रधानमन्त्रीको आह्वान
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !
सुपारी बरामद
सुपारी बरामद
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह
न्यून चापीय रेखा नेपाल नजिकःः देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह
भदौ ६ गते शनिवारको राशिफल यस्तो छ
भदौ ६ गते शनिवारको राशिफल यस्तो छ