नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड;

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
५८ पटक हेरिएको
Shares
नेपालका दुई रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड;

सारांश

  • काठमाडौँ, १६ भदौ ।
  • साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पयाएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।
  • त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् ।

काठमाडौँ, १६ भदौ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पयाएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् ।

सिंगापुरको एसिया लिडिङ रिसोर्ट इकले सातौँं पटक आयोजना गरेको कार्यक्रममा दुबै रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । यद्यपि, रिभरले एडभेञ्चर विधामा अवार्ड पाएको हो भने बेगनाथ लेक रिसोर्टको अवार्डको शीर्षक भने खुलाइएको छैन ।

रिभरफनका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले यही भदौको पहिलो साता सो अवार्ड लिनुभएको थियो । रिसोर्टका निर्देशक राजन सिंखडाले अन्तर्राष्ट्रियस्तरको अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको बताउँदै यसले नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अवार्डले व्यावसायिक जिम्मेवारी बढाएको र सेवालाई गुणस्तरीय र सुविधायुक्त बनाउन प्रेरणाका साथ लागिपर्ने उहाँले बताउनुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने व्यवसायी सिंखडाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
उदयपुरमा ३ व्यक्ति पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
कस्तो रहला मंगलबार देशभरको मौसम?
कस्तो रहला मंगलबार देशभरको मौसम?
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
राष्ट्रपति पौडेलको दशैंको टिका (तस्बिरसहित)
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने
सिरहाको चुनावी रौनकः चर्चित नेतादेखि ७ पूर्वमन्त्री आमनेसामने