मदिरामा कडाइःएक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने
सारांश
- यदि तपाई भोज भतेरमा गएर मस्त मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ भने, अब त्यो सोच चटक्कै त्याग्दिनुहोस् ।
- सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ ।
- स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।
यदि तपाई भोज भतेरमा गएर मस्त मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ भने, अब त्यो सोच चटक्कै त्याग्दिनुहोस् । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रम मदिरारहित गर्ने नीति लिएसँगै अब भोज भतेरहरुमा मदिरा सेवन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति ०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरारहित गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।त्यस्तै, २१ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरीद, बिक्री र सेवन गर्न निषेध गर्ने, त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्द्धनात्मक व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।एक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने भएको छ ।
यस्तो छ मदिरा नियन्त्रण नीति
१) मदिराको हानिकारक प्रयोग र यसका कारणले हुने जनस्वास्थ्य, सामाजिक र आर्थिक समस्याका विषयमा जनचेतना अभिबृद्धि गर्ने।
२) मदिराको उन्पादन, बिक्री, वितरण र सेवन सम्बन्धी विज्ञापन, प्रवद्र्धन, प्रायोजन र समाचार कुनै पनि प्रकारको सञ्चार माध्यम र तरिकाबाट प्रचारप्रसार गर्न निषेध गर्ने।
३) मदिराको सहज उपलब्धता र पँहुचलाई नियन्त्रण र नियमन गर्ने।
४) मदिराको उत्पादन, ओसारपसार, आयात, बिक्रीवितण र सेवनमा नियनत्रण र नियमन गर्ने।
५) मदिराको हानिकारक सेवनका कारणले हुने विकृति, रोग र मृत्युदर घटाउने।
६) मदिराको हरेक वर्ष मूल्यबृद्धि र मदिराको हानिकारक सेवन नियन्त्रण तथा नियमनका लागि पर्याप्त आर्थिक स्रोतको व्यवस्थापन गर्ने।
७) मदिराको प्रयोग गरी सवारी साधन चलाउनमा रोक लगाई दुर्घटना रोकथाम गर्ने।
८) मदिराको उत्पादन तथा सेवनका कारणले सिर्जना हुने गरिबी, कुपोषण र खाद्यान्न अभाव घटाउने।
९) मदिराको हानिकारक सेवनका कारणले हुने पारिवारिक हिंसा, सामाजिक सद्भावमा पुग्ने खलल र असुरक्षाको अवस्था रोक्ने।
१०) मदिराको उत्पादन, बिक्री वितरण र उपभोग सम्बन्धी विद्यमान कानुनको समयानुकूल परिमार्जन र एकीकृत गर्ने।
११) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमन सम्बन्धमा सरोकारवाला निकाय तथा संघसंस्थासँग समन्वयन, सहकार्य र साझेदारी गर्ने।
१२) मदिराको हानिकारक प्रयोगको नियन्त्रण र नियमनका लागि मानवीय, वित्तीय वा बजेट एवं भौतिक स्रोतको पर्याप्त व्यवस्था तथा क्षमताको अधिबृद्धि गर्ने।
१३) मदिरा सेवनको कारणबाट हुने हानी घटाउने र रोकथाम गर्ने।
मदिरा निषेधित क्षेत्र तोकिने
टेलिभिजन तथा चलचित्रमा प्रचार प्रसार हुने कुनै पनि कार्यक्रममा व्राण्ड वा लोगो झल्किने गरी मदिराको प्रवर्द्धन, विज्ञापन तथा प्रचारप्रसार गर्ने कार्य निषेध गरिने, कुुनै पनि सार्वजनिक स्थलमा मदिरा उत्पादन र बिक्री वितरण गर्न नपाउने, मदिराको बिक्री वितरणको लागि अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ ।
त्यस्तै, कुनै पनि सार्वजनिक, पर्यटकीय, खेलकुद, मनोरञ्जनात्मक तथा धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु तथा नेपाल सरकारलेे आवश्यक ठानेका ठाउँहरुमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिने नीतिमा उल्लेख छ ।
प्रतिक्रिया