नेपालका उधोगपति बिनोद चौधरीको छोराको बिहेमा सलमान
सारांश
- नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गएको राती उदयपुरको जगमन्दिरमा बैवाहिक जिवनमा बाधिएका छन् ।
- उक्त विवाह समारोहमा उद्योगी, राजनीति र फिल्म क्षेत्रका चर्चित हस्तीहरु सहभागी थिए ।
- फिल्म अभिनेता सलमान खान, श्रीलंकाका पीएम रोबिन विक्रमसिंघे, शत्रुघ्न सिन्हा र राजस्थानका सामाजिक न्याय अधिकारिता मन्त्री अरुण चतुर्वेदीसहित कयौं हस्तीहरु विवाह समारोहमा उपस्थित थिए ।
नेपालका उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्री गएको राती उदयपुरको जगमन्दिरमा बैवाहिक जिवनमा बाधिएका छन् ।
उक्त विवाह समारोहमा उद्योगी, राजनीति र फिल्म क्षेत्रका चर्चित हस्तीहरु सहभागी थिए । फिल्म अभिनेता सलमान खान, श्रीलंकाका पीएम रोबिन विक्रमसिंघे, शत्रुघ्न सिन्हा र राजस्थानका सामाजिक न्याय अधिकारिता मन्त्री अरुण चतुर्वेदीसहित कयौं हस्तीहरु विवाह समारोहमा उपस्थित थिए ।
हिजो राती भएको विवाह समारोहमा सलमानको एक झलक हेर्नका लागि मानिसहरु भिड ठूलै लागेको थियो । विवाह कार्यक्रममा सलमान करिब एक घण्टा बसेका थिए र जब भिड कम हुन थाल्यो फेरी उनी विवाह स्थलमा पुगेका थिए । सलमानले विवाह समारोहमा पाहुनाहरुसँग निकै समय कुराकानी पनि गरेका थिए ।
गएको बर्ष विनोद चौधरीले सलमान खानसँग विशेष कामको शिलशिलामा भेट गरेका थिए । त्यसपछि उनीहरुको सम्बन्ध घनिष्ट बन्दै गएको थियो । सलमानले विनोद चौधरीको निमन्त्रणालाई स्वीकार गर्दै वरुणको विवाह समारोहमा पुगेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया