राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ: प्रचण्ड
सारांश
- काठमाडौँ, १५ वैशाख।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताएका छन।
- नेपाल १४ औँ अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले भने ‘जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहात दियो, त्यहि बुझ्ने हुन् ।
काठमाडौँ, १५ वैशाख। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताएका छन।
नेपाल १४ औँ अन्तर्राट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले भने ‘जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहात दियो, त्यहि बुझ्ने हुन् । जनताले परिवर्तनलाई परिणाममा नै बुझ्ने हुन् । हामीले सबैतिर जनताले देख्ने र महशुस गर्ने गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्यो ।’
अध्यक्षले वर्तमान राजनीतिक परिवर्तनलाई अवसरका रुपमा सदुपयोग गर्न र परिणाममा नै विकासको अनुभूति दिन नसके परिवर्तनको दिगोपना माथि नै प्रश्न उठ्ने बताए । उनले वर्तमान राजनीतिक परिवर्तनलाई काँचो माटोको संज्ञा दिँदै भने, ‘हामीले जस्तो बनाउन सक्यौं त्यस्तै बन्छ ।
हामीले नराम्रो बनायौं भने यसको दुश्परिणाम निस्किन्छ र राम्रो गर्यौं भने राम्रो व्यवस्था स्थापित हुन्छ ।’ राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जाने अध्यक्षको चिन्ता थियो ।
अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग व्यवसायको क्षेत्रमा देशले अवलम्बन गरेको वर्तमान नीतिमा आमूल सुधार आवश्यक रहेको बताए । अब ढिला नगरी राष्ट्रीय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बेला आएको उनको भनाई थियो । अध्यक्षले भने, ‘आम नेपाली जनता र तपाई हामी सबैको अपेक्षा अब देशमा राजनीतिक स्थिरता र आर्थिक विकासले गति लिन्छ भन्ने भएको छ ।’
उनले स्थानीय तहमा बजेट विनियोजन गर्दा प्रत्येक निकायमा ग्राम उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गर्ने विश्वास दिलाए । उनले समर्थनको हिसावले दुईतिहाई बहुमतको सरकार धेरै वर्षपछि प्राप्त गरेको बताउँदै पहिलो पटक दुईतिहाईको सरकारले बजेट निर्माण गर्न गइरहेको जानकारी दिए ।
उनले भने, ‘औधोगिक क्षेत्रको विकास बिना रोजगारीले गति लिन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विकास बिना औधोगिक क्षेत्रको विकासको आधार बन्न सक्दैन । यसमा सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ ।’ महोत्सवले दिने सुझाव र निश्कर्षले आउने दिनमा सरकारका नीति तथा कार्यक्रम निर्माणमा पनि महत्वपूर्ण हुने उनको विश्वास थियो ।
प्रतिक्रिया