नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ

सारांश

  • काठमाडौं, पुस २३ ।
  • काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTS को प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ ।
  • शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेसँगै लामो समयदेखि यसरी प्रश्नपत्र बिक्री हुने गरेको तथ्य खुलेको हो ।

काठमाडौं, पुस २३ । काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTS को प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक गराउने कार्यमा संलग्न ४ जनासहित १२ जना परिक्षार्थीलाई पक्राउ गरेसँगै लामो समयदेखि यसरी प्रश्नपत्र बिक्री हुने गरेको तथ्य खुलेको हो ।

काठमाडौं प्रहरीले प्रश्नपत्र आउट गराउने कार्यमा संलग्न सुरज लामा, निकेश न्यौपाने, विधान आचार्य र गणेशराज उपाध्यायसहित ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा १० हजारदेखि दुई लाखसम्ममा IELTS को प्रश्नपत्र बिक्री हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आईईएलटीएस परीक्षाको प्रश्नपत्र ‘खरिद–बिक्री’ भइरहेको सुराकी पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार अपरेशन चलाएको थियो । त्यसक्रममा सुन्धारास्थित एक गेस्टहाउसमा लेनदेन भइरहेको अवस्थामा विद्यार्थीसहित १३ जनालाई पक्राउ ग¥यो । पक्राउ मध्ये विद्यार्थीहरुलाई शनिबारै छाडिसकेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले शुक्रबार उनीहरुबाट लेनदेन भइरहेको ४ लाख रुपैयाँ बरामद गरिएको थियो ।

आईईएलटीएस परीक्षाको प्रश्नपत्र पाउने आशमा एजेन्टलाई पैसा बुझाएका विद्यार्थीहरुको आइतबार काठमाडौं प्रहरी परिसरमा भिड नै लाग्यो । प्रहरीका अनुसार लामो समयदेखि प्रश्नपत्र विक्री वितरणमा हुँदै आएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

यसरी बन्यो योजना
सुरज लामा झापाका स्थायी बासिन्दा हुन् । ३९ बर्षीय लामा काठमाडौंको बालुवाटारमा बस्थे । उनले एउटा कन्सल्टेन्सी दर्ता गरेका छन् । IELTSको परीक्षा दिन चाहने विद्यार्थीहरुको नाम ब्रिटिश काउन्सिलमा दर्ता गराएर हरेक विद्यार्थीबाट एक हजार कमिशन खाँदै आएका लामालाई एकदिन भारतीय विद्यार्थीले पञ्जावका हनी सिंहसँग भेट गराए । २०१७ मार्चमा हनी सिंहले सुरजलाई एउटा प्रस्ताव राखे, ‘प्रश्नपत्र आउट गर्ने जिम्मा मैले लिन्छु, विद्यार्थी खोज्न सक्नुहुन्छ ?’

राम्रो पैसा आउने देखेपछि सुरजले हनीको प्रस्ताव स्वीकार गरे । त्यसपछि शुरु भयो प्रश्नपत्र लिक गराउने ‘धन्दा’ । प्रहरी स्रोतका अनुसार पहिलो चरणमा हनी ले ह्वाट्स एपमार्फत भारतबाट लिक गरेर पठाएको प्रश्नमध्ये लिखित मात्र मिलेको थियो । अर्कोपटक मौखिक र लिस्निङ समेत मिल्ने ठोकुवा गर्दै उनले विद्यार्थी खोजेर पैसा उठाउन आग्रह गरे । त्यतिन्जेलसम्म हनी र सुरजको बीचमा प्रति विद्यार्थी भारतीय रुपैयाँ ५० हजार उठाउने सहमति भयो ।

सुरजले हनीको सेटिङअनुसार गणेशराज आचार्यलाई विद्यार्थी खोज्न भन्दै भाईबरमा मेसेज पठाए । त्यसपछि गणेशले विधान आचार्यलाई जिम्मा दिए । यसरी निकेश न्यौपाने समेतको मिलेमतोमा ९ जना विद्यार्थीबाट सुरजको समुहले पैसा उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
भारतसँग पाँच वर्षे इन्धन आपूर्ति सम्झौता, तेल आयातको लागत घट्यो
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
आज भाइ टीका, कस्तो छ तपाईंको राशिफल?
बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र
बैतडी न्यूनतम खाद्य असुरक्षित क्षेत्र
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
जनअपेक्षा अनुसार काम गर्न नसके पदमा पछि हट्छु : मन्त्री भट्टराई
यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
खानेपानी मन्त्री मगरले भनिन्, “सरसफाइ र ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो”
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने