मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
मधेसका जनतालाई मतदानबाट वञ्चित नगर : नेता पोखरेल

सारांश

  • नवलपरासी ।
  • नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।
  • एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए ।

नवलपरासी । नेकपा एमालेका नेता शङ्कर पोखरेलले मधेस केन्द्रित राजनीतिक दलले मधेसका जनतालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।

एमाले स्थायी कमिटी सदस्य एवम् स्कुल विभाग प्रमुख शङ्कर पोखरेलले नवलपुरस्थित पार्टी कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको चुनावमा सहभागी भई मतदान गर्ने मधेसी दलका नेताहरुको स्थानीय तह निर्वाचन बहिष्कार गर्ने चेतावनी विरोधाभाषपूर्ण भएको बताए ।

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो एजेन्डा जनताको घरघरमा पु¥याउन नसकेका कारण सोचेजस्तो जित हासिल गर्ने नसकेको बताउँदै उनले दोस्रो चरणको निर्वाचनमा पार्टीले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गरे ।

उनले भने – “अहिले दोस्रो चरणको निर्वाचनमा हामीले धेरै नै प्रचारप्रसार गरेका छौँ । सोही कारण हामी पहिलो पार्टी बन्ने पक्का छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?