शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
शर्मालाई आईओएमको डीनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं, पुस २३ ।
  • सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई चार वर्षपछि पुनर्वहाली गर्न आदेश दिएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश गरेको हो ।

काठमाडौं, पुस २३ । सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा शशि शर्मालाई चार वर्षपछि पुनर्वहाली गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश गरेको हो ।

चारवर्षअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहितको मन्त्रीपरिषद् वैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई हटाइएको थियो । २०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मा फागुन १ मा सर्वोच्च पुगेका थिए ।

कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका हुन् । डा. गोविन्द केसीको आन्दोलन पछि उनलाई डिनबाट हटाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?