मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मध्य पुसमा नेपालगञ्ज गुञ्जने: राजेश, कमल र सन्दिप सहित आधा दर्जनले प्रस्तुति दिने

सारांश

  • काठमाडौं, २७ मंसिर ।
  • मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ ।
  • पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो ।

काठमाडौं, २७ मंसिर । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ । जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् ।

नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो । कार्यक्रममा युवा वर्गको ढुकढुकी तथा गायक राजेश पायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको र अन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताएका छन् ।

मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम तिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ । कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्ग बोर्ड, ब्यानर, पोष्टर लगायतका प्रचारहरुलाई तिब्रता दिने जनाएको छ । नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिने पनि बताईएको छ । नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउनुपर्ने नियम आयोजकले बनाएको छ ।

जनवरी १ लाई नेपाली ढाका टोपि दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएर आउने वातावरण बनाउने आयोजकले दावी गरेको छ । पुर्ण सुरक्षा ब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटन बोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्य हुने आयोजकले जनाएको छ । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ । दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिला भौंचर मार्फत काट्न सकिनेछ । साथै टिकट बिक्रिको लागि आयोजकले स्वंयमसेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाट पनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।

(etutorworld.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
प्रधानमन्त्रीको सम्बोधन समेटेर बनेको एकीकृत कार्ययोजनामा के छ ?
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
एकजना पनि भोट हाल्न नआएपछि मतदान अधिकृत अचम्मित
प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन
प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन
नरेश खातीको कस्ले बनायो यस्तो अवस्था (भिडियोसहित)
नरेश खातीको कस्ले बनायो यस्तो अवस्था (भिडियोसहित)
साँघुरो ठाउँ, फराकिलो कर सङ्कलन लक्ष्य
साँघुरो ठाउँ, फराकिलो कर सङ्कलन लक्ष्य
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
‘सांसदले फाइल बोकेर मन्त्रालयका कोठा, भर्याङ धाउनुपर्ने अवस्था सरकारले अन्त्य गरोस्’
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
छोरी भगाएको रिसमा धनुषाका एक परिवारले व्यक्ति अपहरण
सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै
सगरमाथा कप भलिवल खेलमा सुनसरी र ओखलढुंगा भिड्दै

तपाईंले छुटाउनुभयो कि?