मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

सारांश

  • मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
  • “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो ।

मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन पूर्ण सक्रिय हुने अवस्था छैन्”, उहाँले भन्नुभयो ।

यो समयमा वर्षा नै नहुने भने होइन । ‘आइसुलेटेड’ जुन स्थानमा पर्छ । सोही स्थानमा छोटो समयमा भारी वर्षा पनि हुन सक्छ तर त्यसलाई देशव्यापीरुपमा मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् कँडेलको भनाइ थियो । राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनाका साथै मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रहीे पश्चिमी पहाडी भागका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली हुनाका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै राति पश्चिमी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सामान्य सतर्कता अपाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल
धनकुटामा ८ मतदान केन्द्र अति संवेदनशिल
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो  सुविधा
नेपाल सरककारले गर्याे ७० वर्षमाथिका वृद्ध-वृद्धालाई यस्तो सुविधा
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
जनचाहना र भावनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ स् डा कोइराला ।
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
१० महिनामा ११ खर्ब व्यापार घाटा
१० महिनामा ११ खर्ब व्यापार घाटा
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति
विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति

तपाईंले छुटाउनुभयो कि?