मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

सारांश

  • काठमाडौं, २५ जेठ ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन।
  • ओलीले असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न सचिवहरुलाई निर्देशन दिएका हुन ।

काठमाडौं, २५ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन।

ओलीले असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न सचिवहरुलाई निर्देशन दिएका हुन ।

शुक्रबार मन्त्री तथा सचिवहरूलाई एकै ठाउँमा राखेर ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहित कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको हो,’ अर्थमन्त्री युवराज खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले असार २५ सम्ममा आगामी आर्थिक वर्षको योजनाका सम्बन्धमा सम्पूर्ण काम सक्ने गरेर तयारी गरेको बताए ।

निर्देशन दिने क्रममा कर्मचारी व्यवस्थापनको गुनासो भए आफूलाई जानकारी गर्न पनि प्रधानमन्त्री ओलीले भनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?