सुन तोलाको ५०० ले बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सुन तोलाको ५०० ले बढ्यो

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ ।
  • गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ५०० पुगेको छ ।

गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला रु ३०० ले बढेर छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० र तेजाबी सुन प्रतितोला रु ७५ हजार २०० मा खरिद बिक्री भएको थियो ।

स्थानीय बजारमा चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले वृद्धि भएको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ९०० निर्धारण गरेको छ । माघमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि गत पुस २३ गते छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार २०० पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?