रोहित चन्द इन्डोनेसियामा उत्कृष्ट खेलाडीको मनोनयनमा
सारांश
- काठमाडौं, २० मंसिर ।
- नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
- इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको उत्कृष्ट फुटबलरका लागि सार्वजनिक गरिएको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन् ।
काठमाडौं, २० मंसिर । नेपाली फुटबल खेलाडी रोहित चन्द इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिगमा उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
इन्डोनेसियाको फुटबल क्लब पर्सिजा जाकार्ताबाट खेल्दै आएका रोहित यो सिजनको उत्कृष्ट फुटबलरका लागि सार्वजनिक गरिएको उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन् । मिडफिल्डर रोहितसँगै अरु दुई खेलाडीलाई पनि उक्त अवार्डका लागि मनोनीत गरिएको छ ।
रोहितले यो सिजन पर्सिजाका लागि ३० खेल खेल्दै ३ गोल गरेका छन् । इन्डोनिसियाको ‘लिग वान’मा अब सबै टिमले एक/एक खेल खेल्न बाँकी रहँदा रोहितको टिम ५९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया