डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?
सारांश
- काठमाडौं।
- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
- शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ।
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। शुक्रबार स्थिर रहेको अमेरिकी डलर आज २८ पैसाले घटेको छ।
आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४५ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ५ पैसामा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ओरालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा २८ पैसाले घटेको हो। शुक्रबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७० पैसा कायम गरिएको थियो।
आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा १६ पैसाले घटेको हो। शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ३८ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ १२ पैसा कायम गरिएको थियो।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा कायम भएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकिएको छ भने युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ४९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ४४ पैसा पाइन्छ भने आइतबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ५० पैसा तोकिएको छ।
प्रतिक्रिया