लकडाउनमा जाने सरकारको तयारी, प्रधानमन्त्री ओली देउवा र ठाकुरसँग बसेर विज्ञसँग परामर्श

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २० साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि फेरि कडा कदम चाल्ने संकेत गरेका छन् ।
  • उनले आज मुख्य राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा डाकेर स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरिरहेका छन् ।

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि फेरि कडा कदम चाल्ने संकेत गरेका छन् । उनले आज मुख्य राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा डाकेर स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरिरहेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटार विज्ञसँगको परामर्श लिने छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । बैठकमा नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित रहे ।

सर्वदलीय छलफलमा प्रधानमन्त्री ओलीको सामुन्ने अग्रपंक्तिको भागमा देउवा, ठाकुरका अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडालगायत छन् । पछिल्लो भागमा मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका सल्लाहकारहरुका अलावा विज्ञहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गरी काठमाडौं उपत्यकालगायत मुख्य शहरहरुमा लकडाउनबारे निर्णयतर्फ बढ्ने बुझिएको छ । विशेषगरी उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि फेरि लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयका अधिकारी देखि विज्ञहरुबाट आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?