महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०८१
|
|
२४ पटक हेरिएको
Shares
महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

सारांश

  • काठमाडौं।
  • सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त भएका छन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

काठमाडौं। सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकारको रुपमा रहने संवैधानिक ब्यवस्था रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?