महोत्तरीः मटिहानी नगरपालिकामा राजपा विजयी
सारांश
- महोत्तरी, असोज ६ – महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा विजयी भएको छ ।
- राजपाबाट उम्मेदवार बन्नुभएका नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल मटिहानी नगरपालिकाका मेयरमा विजयी हुनुभएको हो ।
- मण्डलले ३ हजार ४ सय ७ मत प्राप्त गर्नुभयो ।
महोत्तरी, असोज ६ – महोत्तरीको मटिहानी नगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा विजयी भएको छ ।
राजपाबाट उम्मेदवार बन्नुभएका नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापति हरिप्रसाद मण्डल मटिहानी नगरपालिकाका मेयरमा विजयी हुनुभएको हो ।
मण्डलले ३ हजार ४ सय ७ मत प्राप्त गर्नुभयो । मण्डलका निकटम प्रतिस्पर्धी एमालेका मुजिम राईनले १ हजार ५ सय ९७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपमेयरमा राजपाकै शिवोदेवी ३ हजार १ सय ७० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी जैवुदा खातुनले १ हजार ६ सय ४८ मत प्राप्त गर्नुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया