माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
माइनस ३२ डिग्रीमा एभरेष्ट चढेर रचिन इतिहास

सारांश

  • कुनै बेला आफ्नो शारीरिक संरचनाका कारण अपहेलित हुन्थिन उनी ।
  • कतिपयले मजाक समेत उडाउँथे ।
  • तर आम मानिसहरु जाडोमा हिटर तापेर दिन कटिरहेको बेला उनले भने इतिहास रचेकी छिन् ।

कुनै बेला आफ्नो शारीरिक संरचनाका कारण अपहेलित हुन्थिन उनी । कतिपयले मजाक समेत उडाउँथे । तर आम मानिसहरु जाडोमा हिटर तापेर दिन कटिरहेको बेला उनले भने इतिहास रचेकी छिन् ।

छिमेकी भारतको शहर लखनऊ निवासी पूर्वा धवन जराको अहिले चर्चा चलेको छ । उनले माइनस ३२ डिग्री तापक्रममा एभरेष्ट बेस क्याम्प पुगेर भारतीय झण्डा फहराएपछि उनी चर्चामा आएकी हुन । एभरेष्ट बेस क्याम्प १७ हजार ५९८ फिटको उचाईमा रहेको छ ।

बाल्यकालदेखि नै काँध बाँगो थियो धवन जराको । त्यसैले उनलाई धेरैले हेप्ने गर्दथे ।

डिसेम्बर २०१७ मा भएको विन्टर माउण्ट एभरेष्ट बेस क्याम्प टे«किङ इभन्टम २१ माउण्टेनियर्सको समूह गरेको थियो । यो समूहमा उत्तर प्रदेश लखनऊकी पूर्वा धवन जरा सबैभन्दा कान्छी सदस्य थिइन ।

सामान्य शारीरिक अवस्था भएका केही पर्वतारोहीहरु हेलिकप्टरबाट फर्केपनि बाँगो काँध हुँदाहुँदै पनि पूर्वा भने १७ हजार ५९८ फीटको उचाईसम्म पैदल चढेर फर्केकी थिइन ।

उनले आफ्नो २० औं जन्मदिन भन्दा एक दिन अघि ३१ डिसेम्बर २०१७ का दिन एभरेष्ट बेस क्याम्पमा आफ्नो देशको झण्डा फहराईन । त्यतिखेर तापक्रम भने ३२ डिग्री थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?