माओवादी केन्द्रसँग एकता गर्न बाबुरामलाई दवाव
सारांश
- पोखरा, पुस २० ।
- पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ ।
- पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
पोखरा, पुस २० । पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रचण्डसँग छलफल अगाडि बढाउन बैठकमा बोल्ने अधिकांश नेताहरुले दबाब दिएका छन् । चुनावको अगाडि भएको वाम गठबन्धबाट बाहिरिएसँगै नयाँ शक्तिमा दुई धार देखिएको थियो ।
उनीहरुले वाम गठबन्धनबाट बाहिरने निर्णय गलत भएको धारणा समेत राखेका छन् । गठबन्धनबाट भट्टराईपछि हटेपछि नयाँ शक्तिका नेता र उम्मेदवारहरुले पार्टी परित्याग गर्दै माओवादी केन्द्र र एमालेमा प्रवेश गरेका थिए ।
अधिकांश नेताहरुले वामपन्थीसँग चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय नगरे आफूहरुले अलग ढंगले सोच्ने बताए ।
संयोजक डा. भट्टराईले उठाउँदै आएको आर्थिक समृद्धिको नारा ठिक भएको तर उनको नेतृत्व क्षमताका कारण सम्भव नभएको नयाँ शक्तिका नेताहरुले बताउँदै आएका छन् । त्यो बहस केन्द्रीय समिति बैठकमा पनि उठाइएको छ ।
वाम ध्रुबिकरणको विपक्षमा गएको भन्दै चुनाव अगाडि संगठन विभाग प्रमु्ख देवेन्द्र पौडेलको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रसँग ध्रुविकरण भएका थिए ।
प्रतिक्रिया