गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
४९ पटक हेरिएको
Shares
गत वर्ष भन्दा ३७ प्रतिशत बढी राजश्व संकलन !

सारांश

  • काठमाडौँ, २ असोज ।
  • सरकारले श्रावण र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ३७ प्रतिशत बढि हो ।
  • अर्थमन्त्री डा।

काठमाडौँ, २ असोज । सरकारले श्रावण र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ जुन गत वर्षको तुलनामा ३७ प्रतिशत बढि हो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढि राजस्व संकलन गर्न सफल भएको जानकारी दिए। उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पारे। करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ।

सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालय नै स्थापना गरेको छ। अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको दावी पनि गरे। उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिए। ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ।

अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि स्पष्ट पारे। अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दावी पनि गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?