माछापुच्छ्रे बैंकले एक साथ शुभारम्भ गर्यो ८ नयाँ शाखा

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
माछापुच्छ्रे बैंकले एक साथ शुभारम्भ गर्यो ८ नयाँ शाखा

सारांश

  • काठमाडौं ।
  • माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा एकसाथ ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
  • यो संगै बैंकको कुल शाखा संञ्जाल ८६ पुगेको छ ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा एकसाथ ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । यो संगै बैंकको कुल शाखा संञ्जाल ८६ पुगेको छ । संचालनमा ल्याइएका नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिका स्थित भोजपुर शाखा कार्यालय शुभारम्भ गरेको जनाएको छ ।

त्यस्तै रौतहटको चन्द«पुर नगरपालिका स्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिका स्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिका स्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिका स्थित कटारी शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो।

यसका साथै, धरान, भोजपुर, चन्द्रपुर र कटारी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बैंकले बताएको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्व निक्षेप संकलन गरी ६२ अर्व कर्जा प्रवाह गरेर सोही अबधिमा ८१ करोड खुद मुनाफा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो
मदिराको लतमा श्रुति
मदिराको लतमा श्रुति
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।
कांग्रेसको आरोप ‘कम्युनिष्टले अर्थतन्त्र बिगारे’
कांग्रेसको आरोप ‘कम्युनिष्टले अर्थतन्त्र बिगारे’
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित
एनपीएल उद्घाटन खेलको तयारीमा रहेको विराटनगर अभ्यास खेलमा पोखरासँग पराजित
चुनावमा भ्रष्टाचार! दाताले दिएका ९ सय ल्यापटप किनेको बिलदेखि-५० मिटरको २ हजार ट्याक्सी भाडासम्म
संसदमा कुनै पनि दलको बहुमत पुगेन
संसदमा कुनै पनि दलको बहुमत पुगेन