माधव नेपाल ब्याक नहुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १९, २०७८
|
|
४३ पटक हेरिएको
Shares
माधव नेपाल ब्याक नहुने

सारांश

  • नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ ।
  • फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन ।
  • बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।

नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ । फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।

नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् । उनले रिपोर्टर्स नेपालसँग भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।’

माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।
ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।

माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ । नेपालनिकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठेपनि नेपालनिकट दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानिएको छ । यसैगरी, चुनावमा गठबन्धन बनाएर जाँदा ओलीले नराम्रो धक्का खाने सम्मको आँकलन गरिएको छ ।
देउवासँग नेपालको दरिलो गठबन्धन बनिसकेकाले पछि हटिहाल्ने सम्भावना कम भइसकेको छ । आगामी चुनावसम्म मिलेर जानेगरी भित्री सहमति बनेको बुझिएको छ । बरु पार्टी अर्को बनाएर जानेगरी नेपाल अगाडि बढेका छन् । त्यही भेउ पाएर ओलीले ब्याक हुने प्रस्ताव पठाएको बुझाई नेपाल पक्षको रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
चिकित्सा शिक्षा ऐन विपरीत पाँच प्रतिशत शुल्क वृद्धि
चिकित्सा शिक्षा ऐन विपरीत पाँच प्रतिशत शुल्क वृद्धि
निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो छ कारवाही र जरिवाना
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
६१ केजी सुन तस्करी प्रकरण: २९ जना प्रतिवादी, एकीकृत कसुरसहितको अभियोग
मासु पकाउदा अागलागी
मासु पकाउदा अागलागी
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
सिन्डिकेटबाट राज्यलाई वार्षिक एक अर्ब घाटा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
उद्योगपति व्यापारीलाई सरकारले पाता कस्दै, को–को जाँदैछन् जेल ? कालोबजारियालाई यस्तो हुँदैछ कडा कारवाही
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
हचुवामा कर लगाउँदा देशैभर हंगामा : उपाध्यक्ष कडेल
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री
मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सिर्जनामा केन्द्रित छ : प्रधानमन्त्री