इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
६१ पटक हेरिएको
Shares
इमान्दारीको नमूना : नगदसहित भेट्टाइएको झोला फिर्ता १

सारांश

  • म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ ।
  • अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
  • बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको थियो ।

म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पार्नुभएका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुभएको थियो ।

बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आउनुभएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेटिएको थियो । भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लाग्नुभएका आचार्यले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाउनुभएको थियो ।

“शुरुमा चेक नम्बरमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरेँ, फोन उठाउँदासम्म उहाँलाई आफ्नो सामान हराएको जानकारीसमेत रहेनछ, पछि तपाईको सामग्री हेर्नुहोस्भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हुँ”, शर्माले भन्नुभयो ।

जीप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट आँशु खसाल्दै गलेश्वर फर्कनुभएको थियो । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उहाँले शर्मालाई धन्यवाद ज्ञापन गर्नुभयो । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमूना कार्य गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
तिर्सना बुढाथोकीको यो कस्तो तिर्सना ?
आइतवार कति थपिए कोरोना संक्रमित ?
आइतवार कति थपिए कोरोना संक्रमित ?
प्रधानमन्त्रीको सल्लाहमा चीन जाँदै प्रदेश ५ का मुख्यमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
सेक्युरिटी प्रेस खरिद प्रकरणमा काँग्रेसद्वारास प्रतिनिधिसभा बैठक अवरुद्ध
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल
सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल