बुधबारको मौसम यी तीन प्रदेशमा हावाहुरीको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
बुधबारको मौसम यी तीन प्रदेशमा  हावाहुरीको सम्भावना

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
निर्मला हत्याको १५० दिनः प्रहरी अनुसन्धान असफल
तेल चोर्ने चालक कारवाहीमा
तेल चोर्ने चालक कारवाहीमा
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा
दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो

तपाईंले छुटाउनुभयो कि?