सुत्केरी महिलाको ज्यान जोखिममा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • बाजुरा, ३० चैत , बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ ।
  • उहाँ सुत्केरी भएको १८ दिन भयो ।
  • बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताउनुभयो ।

बाजुरा, ३० चैत , बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ । उहाँ सुत्केरी भएको १८ दिन भयो । बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताउनुभयो ।

बच्चा पाउनका लागि जगन्नाथ स्वास्थ्य चौकी जाँदा बीचबाटोमै बच्चा पाएर घर गएकी हुँ । बच्चा पाएको १३ दिनपछि मात्र रगत बग्न थालेको विकको भनाइ छ ।

उहाँले घरमा दुई छोरा भएकाले छोरीको आशमा बच्चा एक स्वास्थ्य संस्थामा गएर गर्भपतन गरेको बताउनुभयो । सोही पछिको हाल जन्मेको शिशुपछि रक्तश्राव बढ्दै गएकाले शरीरमा चार प्वाइन्ट रगत भएकाले सुत्केरी आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभएको छ ।

सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको कुँवरले बताउनुभएको छ ।

सुत्केरी भएकी आमालाई ज्यान जोगाउनका लागि सात प्वाइन्ट रगत चाहिने डाक्टर विश्वकर्माको भनाइ छ । सुत्केरी विकको उचचारमा कार्यालय प्रमुख डा दुर्गा महर्जन संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

सुत्केरीको ज्यान बचाउनका लागि जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरीलाई समेत ‘बी’ पोजेटिभ रगत दिन आग्रह गरिएको छ । रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत राख्ने उपकरण भने बिग्रिएकाले खरिद गरिएको बताइएको छ ।

रगत राख्ने मेसिन नै बिग्रिएकाले रगत जम्मा गरेर राख्न नमिल्ने एक रेडक्रसको ल्याबमा कार्यरत कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?