मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ : अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मुलुक समृद्ध बनाउन युवाशक्ति संगठित हुनुपर्छ : अध्यक्ष थापा

सारांश

  • काठमाडौँ, ४ जेठ , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
  • पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो ।
  • विगतमा देशमा स्थापना भएका उद्योग धन्दाहरु कहिले निजीकरण, कहिले जनयुद्धका नाममा ध्वस्त बनाइएकाले वार्षिक पाँचलाख ४७ हजार युवा रोजगारका लागि खाडी मुलुकतर्फ जान बाध्य भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

काठमाडौँ, ४ जेठ , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित भएर अगाडि बढनुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आयोजना गरेको ‘वर्तमान सन्दर्भ, पार्टीको अवस्था र युवाहरुको भूमिका’ विषयक विचारगोष्ठीमा मुलुकलाई समृद्ध बनाउनका लागि युवाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउँदै राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताउनुभयो ।

विगतमा देशमा स्थापना भएका उद्योग धन्दाहरु कहिले निजीकरण, कहिले जनयुद्धका नाममा ध्वस्त बनाइएकाले वार्षिक पाँचलाख ४७ हजार युवा रोजगारका लागि खाडी मुलुकतर्फ जान बाध्य भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डालाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहेकाले संगठन विस्तारमा जुट्न युवाहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको निकासको अन्तिम विकल्प हिन्दुराष्ट्र र राजसंस्था मात्र भएको विचार व्यक्त गर्नुभयो ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता भुवन पाठक, राप्रयुसंका उपाध्यक्ष ऋषिराज देवकोटा, प्रवक्ता सुजित के.सी., युवा नेता डम्बर तामाङ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंह लगायतले मुलुकको राजनीतिमा युवाहरुको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो ।

राप्रयुसंका अध्यक्ष प्रकाश रिमालले युवालाई व्यवसायिक सिप, तालीमका माध्यमबाट रोजगार सिर्जना गर्न सकिने बताउँदै सरकारले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?