सिन्धुलीमा ट्याक्टरले लियो एकजनाको ज्यान

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुली, २१ असोज ।
  • सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ का २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।

सिन्धुली, २१ असोज । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ का २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए ।

कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट ३० मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रातको समयमा तीव्र गतिमा गुडेको ट्याक्टरको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको भनाई छ ।

अधिकांश ट्याक्टर दुर्घटना चालकको कमजोरीले हुने गरेको छ । तर सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाउने धेरै भए पनि ट्राफिक प्रहरी तथा प्रहरीले यसलाई नियन्त्रण गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?