रुसी युद्धपोतले अमेरिकी नौसैनिक जहाज डुबाइदिने धम्की दिएपछि‘

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १०, २०७७
|
|
२३ पटक हेरिएको
Shares
रुसी युद्धपोतले अमेरिकी नौसैनिक जहाज डुबाइदिने धम्की दिएपछि‘

सारांश

  • रुसले अमेरिकी नौसैनिक जहाजलाई डुबाइदिने धम्की दिएपछि आफ्नो समुन्द्री क्षेत्रबाट हटेको बताएको छ ।
  • मङ्गलबार सी अफ जापानको रुसी क्षेत्रको दुई किलोमिटरभित्र अमेरिकी नौसैनिक जहाज प्रवेश गरेपछि त्यस्तो धम्की दिनुपरेको रुसी दाबी रहेको छ ।
  • रुसले डुबाइदिने धम्की दिएपछि जहाजले उक्त क्षेत्र छाडेको जनाएको छ ।

रुसले अमेरिकी नौसैनिक जहाजलाई डुबाइदिने धम्की दिएपछि आफ्नो समुन्द्री क्षेत्रबाट हटेको बताएको छ । मङ्गलबार सी अफ जापानको रुसी क्षेत्रको दुई किलोमिटरभित्र अमेरिकी नौसैनिक जहाज प्रवेश गरेपछि त्यस्तो धम्की दिनुपरेको रुसी दाबी रहेको छ ।

रुसले डुबाइदिने धम्की दिएपछि जहाजले उक्त क्षेत्र छाडेको जनाएको छ । तर, अमेरिकी नौसैनिकले कुनै गलत कार्य नगरेको र आफ्नो नौसैनिक जहाजलाई नहटाइएको दाबी गरेको छ ।

सी अफ जापान रुस, कोरिया र जापानको सीमा नजिक पर्छ । उक्त क्षेत्रमा रुस, अमेरिकालगायत देशको युद्धपोत पुग्नेगर्छ । रुस र अमेरिकाबीच सैन्य टकराव छ । बेला बेलामा जमिन, समुन्द्र र आकाशमा समेत तनाव बढ्नेगर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?