नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
४९ पटक हेरिएको
Shares
नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
  • यही असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा देशलाई फाइदा पुग्ने थुप्रै सहमति र सम्झौता भएको जानकारी गराए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । यही असार ५ देखि १० गतेसम्म भएको चीन भ्रमणको बिषयमा संघीय संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा देशलाई फाइदा पुग्ने थुप्रै सहमति र सम्झौता भएको जानकारी गराए ।

भ्रमणका क्रममा सरकारी तर्फबाट १३ वटा र निजी क्षेत्रको तर्फबाट ९ वटा गरी २२ वटा सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचन पछि बनेको सरकारबाट चीन सरकार धेरै आशावादी रहेको, ‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य पुरा गर्न सक्षम हुने विश्वास चीनले व्यक्त गरेको बताए ।

‘नेपाल कसैका विरुद्ध कसैलाई उचाल्ने, तत्कालिन हितका लागि गैह्र जिम्मेवार ढंगले प्रस्तुत हुने काम गर्दैनौ’ प्रधानमन्त्री ओलीले भने, ‘देशको हितलाई ध्यानमा राखेर हामी काम गछौं ।’

नेपाल र चीनबीच मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीच विगतमा भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयार गर्ने, सरकारका आगामी प्राथमिकता चिनियाँ नेतृत्वलाई अवगत गराउने आफ्नो भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्रीको भनाई थियो । राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिलगर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रमा सहयोग तथा सहकार्य गर्नु पनि भ्रमणको उद्देश्यबारे प्रष्ट्याए ।

चीनमा राष्ट्रपति सी जिनपिङ्ग, प्रधानमन्त्री ली खच्याङ्ग, राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सुसँग भेट भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । ल्हासामा तिब्बत जनसरकारका प्रमुख छि तालासँग पनि भेटघाट भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?