ओली प्रधानमन्त्री बनेलगत्तै माधव नेपाल डराउन थाले, पार्टी फुटाइदिने चिन्ता
सारांश
- काठमाडौं।
- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल सुरु गरिएको टिप्पणी गरेका छन्।
- पार्टीको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको भन्दै चनाखो भएर बस्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन्।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल सुरु गरिएको टिप्पणी गरेका छन्। पार्टीको आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको भन्दै चनाखो भएर बस्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन्।
उनले कस्तो षड्यन्त्र भनेर खुलाएका छैनन्। तर, यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बागडोर सम्हालेका छन्। ओली प्रधानमन्त्री भएदेखि नै माधव नेपाल सशंकित छन्। उनी प्रधानमन्त्री ओलीले शक्तिको दुरूपयोग गरेर आफ्नो पार्टी नै फुटाइदिने हुन् कि भनेर चिन्तित हुन थालेको चर्चा सुरु भएको छ।
माधवको पार्टीमा आधा दर्जन सांसदहरु जुनसुकै बेला पार्टी छोड्न तयार रहेको सूचनाहरु प्रवाह भैरहेको बेलामा अध्यक्ष स्वयमको मुखबाट पार्टीविरुद्ध षड्यन्त्र हुन लागेको भन्ने अभिव्यक्ति आएपछि अरु नेताहरुपनि चिन्तित छन्। खासगरी सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर र अम्मर थापालगायत पार्टी नेतृत्वसँग असन्तुष्ट रहेको बताइएको छ।
अध्यक्ष नेपालसँग अहिले प्रेम आले र किसान श्रेष्ठको त बोलचाल नै बन्द भएको बताईएको छ। कतिसम्म भने अध्यक्ष नेपालले फोन गरेर बोलाउँदासम्म यी दुई सांसद पार्टीको बैठकमा उपस्थित् हुन छाडेका छन्। उनीहरुले पनि आफूनिकट नेताहरुसँग माधव नेपाललाई चाँडै देखाईदिने धम्की दिन थालेका छन्।
माधव नेपालका असन्तुष्ट सांसदहरु कानूनी प्रवन्ध मिल्यो भने तत्कालै पार्टी छाडेर एमालेमा फर्कन राजी छन् । उनीहरुसँग प्रधानमन्त्री ओली र एमाले महासचिव शंकर पोखरेल निरन्तर सम्वादमा रहेको स्रोतको दाबी छ।
एकीकृत समाजवादीको महाधिवेशन पछि नेपालको दलका सांसद रहेका प्रेम आलेले आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने सार्वजनिक घोषणा गरेका थिए। अर्का सांसद किसान श्रेष्ठ पनि पछिल्लो समय पार्टीमा असन्तुष्ट छन्।
यी दुबै नेतासहित ६ जना सांसद बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग पार्टी विभाजनको लागि कानूनी रुपमा अनुकूल परिस्थिति बनाइदिन आग्रह गरेको स्रोतले बतायो।
गत निर्वाचनको मतपरिणमबाट एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता कायम गर्न नसकेपछि यसका निर्वाचित सांसदहरुको हैसियत स्वतन्त्र रहेको छ।
राजनीतिक दलसम्बन्धि ऐन अनुसार स्वतन्त्र रहेका सांसदलाई पार्टीले ह्वीप लगाउन र कारबाही गर्न नमिल्ने व्यवस्था भए पछि पार्टीका दश सांसदहरुको दल परिवर्तन गरे पनि संसद पद सुरक्षित नै रहन्छ । सोही कारणले पनि एकीकृत समाजवादीका असन्तुष्ट सांसदहरु दल त्याग गर्नेसम्मको तयारीमा रहेका छन्।
तर, संसदीय हैसियत स्वतन्त्र कायम रहेका पार्टीका निर्वाचित सांसदहरु दल परिवर्तन गर्न स्वतन्त्र भए पनि एकल रुपमा प्रवेश नगरेरै आपचारिक रुपमा पार्टी विभाजन गर्ने तयारीमा रहेका छन्।
कानूनीरुपमा विभाजन गरेमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई पनि आफ्नो पक्षमा ल्याउन सकने भएकाले त्यसका लागि दल विभाजनको दाउमा असन्तुष्ट सांसदहरु लागेको बताइएको छ। सोही कारणले कानूनी जटिलता सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गर्न ६ सांसद बालुवाटार पुगेको स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्री ओली सकारात्मक भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले ठाडै अस्वीकार गरेपछि ओली एकीकृत समाजवादी विभाजनको प्रक्रियाबाट पछि हटेका हुन्।
itsic
Wonderful web site Lots of useful info here Im sending it to a few friends ans additionally sharing in delicious And obviously thanks to your effort