कांग्रेसभित्रको विवाद सतहमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेसभित्रको विवाद सतहमा

सारांश

  • काठमाडौं।
  • महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको आन्तरिक विवाद झन् चर्किंदै गएको छ।
  • सभापति शेरबहादुर देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेको छ।

काठमाडौं। महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसको आन्तरिक विवाद झन् चर्किंदै गएको छ। सभापति शेरबहादुर देउवा पक्षले विधान र संविधानको व्यवस्थामा टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन ताकेता गरिरहेको छ।

महाधिवेशनको एजेन्डा नल्याएको भन्दै बिहीबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेको पौडेल समूहले आज आइतबार आह्वान गरेको बैठक पनि बहिष्कार गर्ने बताएको छ।

केन्द्रीय बैठक नै बहिष्कार गरेर विरोध गर्न थालेपछि सभापति देउवा विवाद मिलाउन शनिबार पौडेल निवास बोहोराटार पुग्नुभएको थियो। उक्त छलफलमा पौडेलले १४औं महाधिवेशनको कार्यतालिका बैठकको एजेन्डा बनाउनुपर्ने माग राखेका थिए।
बिहीबारको बैठकमा विभागको संख्या बढाउने एजेन्डा प्रस्तुत गरिएको थियो। वरिष्ठ नेता पौडेलसँगको छलफलमा सभापति देउवाले पहिला विभाग गठन गर्ने र भ्रातृ संघसंस्था बनाउने बताएका थिए।

दुई महामन्त्री अनुपस्थित भएको बेलामा ल्याइएको प्रस्तावमा अन्तरिम संरचना सबै निर्माण भइसकेपछि मात्र महाधिवेशनको कार्यतालिकामाथि छलफल गरिने प्रस्ताव ल्याइएको थियो।

बिहीबारको बैठकमा महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्का अनुपस्थित भएपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा विभागको संख्या बढाउनेलगायतको प्रस्ताव ल्याएका थिए।

बढ्दै गएको विवाद मिलाउन संस्थापन पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेल पक्षबाट प्रकाशमान सिंहको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ।

डेढ वर्षअघि महाधिवेशन नहुने निश्चितजस्तो भए पनि नेतृत्व तहका नेताहरू अधिवेशन लक्षित दबाब र प्रभाव बढाउन लागिपरेका छन्। कांग्रेसले नियमित अधिवेशन गर्ने हो भने आउँदो फागुनमा सक्ने गरी १४औं महाधिवेशनको मिति तोक्नुपर्ने थियो। तर यो सम्भावना टरिसकेको छ।

नेपाली कांग्रेसको संस्थापन पक्षले आज आइतबारका लागि पनि बैठक बोलाइरहेका बेला सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडलले भने आफू विराटनगर जाने कार्यक्रम तय भएको बताएका छन्।
पौडेल विराटनगर जाने भएपछि बैठकमा सहभागी नहुने भएका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?